काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विहीबार उपकार लघुवित्तको आईपीओ सुचीकृत भएको छ । यस कम्पनीको ६ लाख ५६ हजार २ सय ५० कित्ता आईपीओ सुचीकृत भएको हो ।
नेप्सेले लघुवित्तको लागि पहिलो दिनको कारोवारको लागि न्युनतम ४ सय ३ दशमलव ९१ र अधिकत्म १ हजार २ सय ११ दशमलव ७३ रुपैयाँ ओपनिङ्ग रेन्ज तोकेको छ ।
कम्पनीले चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले प्रति शेयर १ सय अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २ सय ५० कित्ता आइपिओ निष्काशन गरेको थियो । जस मध्ये ०.५ प्रतिशत अर्थात् ३ हजार २ सय ८१ कित्ता शेयर कर्मचारीहरुको लागि छुट्याईएको थियो भने ५ प्रतिशत अर्थात् ११ हजार ८ सय १३ कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ । बाँकी रहेको २ लाख २१ हजार १ सय ५६ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका थिए। सो शेयर बिहीबार नेप्सेमा सुचीकृत भएको हो । आज शेयर सुचीकृत भएसंगै शुक्रबारबाट कम्पनीको शेयर खरिद बिक्रि गर्न सकिनेछ ।



