काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.०३ अंकले बढेर २ हजार २ सय ३९ दशमलव ६० विन्दुमा पुगेको छ । चुनावयता लगातार घटेको शेयरबजारमा दुई दिनयता सुधार देखिएको छ । शेयरबजारमा सुधार देखिएपनि कारोबार रकम भने खासै सुधार भएको देखिएको छैन ।
विहीबार २ सय २२ कम्पनीको शेयर मुल्य कारोवार हुँदा ८८ करोड ९८ लाख ३४ हजार रुपैयाँ बराबरको २३ लाख २४ हजार कित्ता शेयर किनबेच भएको छ । आज १ सय ०३ वटा कम्पनकिो शेयर मुल्य बढेको छ भने ७८ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज होटल एण्ड टुरिजम, विकास बैंक, हाइड्रोपावर कम्पनी, फाइनान्स र अन्य उपसूचक घटेका छन् ।
आज सबैभन्दा धेरै मेगा बैंकको शेयर कारोबार भएको छ । बैंकको ५ करोड ४२ लाख १४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावरको ४ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ३ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, अपर तामाकोशीको २ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
मेगा बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ। आज नारायणी डेभलपमेन्ट बैंकको शेयर ६.२० प्रतिशतले बढेको छ।



