काठमाडौं । हिमालयन रिइन्स्योरन्सले विशेष साधारणसभा बोलाएको छ । वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले प्रिमियममा आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नको लागि साधारणसभा बोलाएको छ । सो साधारणसभा जेठ २७ गते होटेल अलफ्ट ठमेल काठमाडौंमा दिउँसो २ बजे हुने भएको छ ।
सभाले आईपीओ निष्काशन गर्ने प्रस्तावका साथै प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।