images
images

कुमारी क्यापिटलको म्युचुअल फण्ड आजदेखि


  • 388
    SHARES
  • २०७९ जेठ १२ गते बिहीबार

    कुमारी क्यापिटलको म्युचुअल फण्ड आजदेखि

    काठमाडौं । कुमारी क्यापिटलको अर्को म्युचुअल फण्ड कुमारी धनवृद्धि योजनाको आजदेखि खुल्दैछ । क्यापिटलले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा गर्न लागेको हो।

    निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १ करोड ८० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको छ । उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने क्यापिटलले जनाएको छ ।

    सो फण्डको इकाईमा छिटोमा जेठ १७ गतेसम्म र ढिलोमा जेठ २६ गतेसम्म आवेदन दिन सकिनेछ।

    उक्त फण्डको अवधि  १० वर्षको हुनेछ । उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्। यो एक बन्दमुखी योजना हो।

    कुमारी क्यापिटल कुमारी बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो।


    images
    images

    Logo