काठमाडौं । आज शेयर बजार नेप्सेमा हरियाली छाएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.३७ अंकले बढेर २ हजार २ सय ३१ दशमलव ५७ विन्दुमा पुगेको छ । आज २ सय २६ कम्पनीको १ अर्ब ४ करोड रुपैयाँ बराबरको २६ लाख ९४ हजार कित्ता शेयर किनबेच भएको छ । सरकारको नीति तथा कार्यक्रममा पुँजी बजारलाई प्राथमिकता दिइएको छ । बिमा क्षेत्रलाई उत्पादन र उत्पादकत्वसँग जोड्ने भनिएको छ । यसबाट सरकारले पुँजी बजारलाई प्राथमिकतामा राखेको र बजेटमा पनि सोही अनुसार पुँजी बजार सुधारका कार्यक्रम आउने भएका साथै शेयर बजार बढ्न थालेकाे छ ।
बुधबार कारोवारमा आएका १ सय ४८ कम्पनीको शेयर मुल्य बढेको छ भने ३९ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक बढेका छन् ।
आज सबैभनदा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ । कम्पनीको ८ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।त्यस्तै, अरुण कावेली पावरको ४ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ३ करोट ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावरको २ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको २ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै बलेफी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ५.९२ प्रतिशतका दरले कमाएका छन् । मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले ५.८४ प्रतिशतका दरले कमाएका छन् । सिङगटी हाइड्रोपावरका लगानीकर्ताले ५.३३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ दशमलव १३ प्रतिशतका दरले गुमाएका हुन् ।



