काठमाडौं । २ कम्पनीले आईपीओ निष्काशनको गर्नेका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले आदर्श लघुवित्त वित्तीय संस्था र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनलाई आईपिओ निष्काशन गर्नेका लागि जेठ १० गते मंगलबार अनुमति दिएको हो ।
दुई कम्पनीले ३० करोड ८ लाख ४१ हजार रुपैयाँ बराबरको ३० लाख ८ हजार ४ सय १० कित्ता आईपीओ निष्काशन गर्ने लागेका छन् । आदर्श लघुवित्तले ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ जारी गर्ने छ। लघुवित्तको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट रहेको छ ।
त्यस्तै, राप्ती हाइड्रोले २९ करोड ४१ लाख ४१ हजार रुपैयाँ बराबरको २९ लाख ४१ हजार ४ सय १० कित्ता आईपीओ जारी गर्ने अनुमति पाएको छ। यस कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधरणका लागि आईपीओ जारी गर्ने छ भने यस कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।



