images
images

अपि पावरको विक्री नभएको साढे ४ लाख कित्ता हकप्रद शेयर लिलामीमा


  • 342
    SHARES
  • २०७९ जेठ ११ गते बुधबार

    अपि पावरको विक्री नभएको साढे ४ लाख कित्ता हकप्रद शेयर लिलामीमा

    काठमाडाैं । अपि पावर कम्पनीले सिक्री नभएको साढे ४ लाख कित्ता हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । कम्पनीले गत चैत २५ गतेदेखि बैशाख १५ गतेसम्म निष्काशन गरेको हकप्रद शेयरमा पर्याप्त आवेदन नपरेको शेयर लिलाम बिक्री गर्न लागेको हो।

    कम्पनीले सर्वसाधारण समूहको ४ लाख ४९ हजार ३ सय २८ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो। सो शेयर खरिदका लागि जेठ १८ गतेदेखि २६ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले आवेदन दिँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन्।

    लगानीकर्ताले बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम सबै शेयरका लागि आवेदन दिन सकिनेछ।


    images
    images

    Logo