काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.३२ अंकले बढेर २ हजार २ सय १७ दशमलव १९ विन्दुमा पुगेको छ । आज साताको तेस्रो दिन कारोवारमा आएका २ सय २४ कम्पनीको १ अर्ब ८ करोड ८८ लाख रुपैयाँ बराबरको ३१ लाख कित्ता शेयर किनबेच भएको छ ।
आज १ सय ९४ कम्पनीको शेयर मुल्य बढेको छ भने ३८ कम्पनीको शेयर मुल्य घटेको छ । आज ट्रेडिङ र म्युचुअल फण्ड बाहेक सबै उपसूचक बढेका छन् ।
आज सबैभन्दा धेरै एनआइसी एशिया संस्थापक शेयर कारोबार भएको छ । कम्पनीको संस्थापक शेयर ४ करोड ८४ लाख रुपैयाँको कारोबार भएको छ । अपर तामाकोशीको ४ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावरको ४ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली आइड्रोपावर कम्पनीको ३ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै नविल बैंकको ३ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ५.९५ प्रतिशतका दरले कमाएका छन् । अपर तामाकोशीका लगानीकर्ताले ५.५८ प्रतिशतका दरले कमाएका छन् । विजय लघुवित्तका लगानीकर्ताले ४.३८ प्रतिशतका दरले कमाएका छन् । हिमालयन उर्जा विकासका लगानीकर्ताले ४.३४ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।



