काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार बेलफी हाइड्रोपावरको आईपीओ सुचीकृत भएको छ । यस कम्पनीको १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता आइपीओ सुचीकृत भएको हो ।
हाइड्रोपावरले सर्वसाधारणलाई निष्काशन गरेको १८ लाख २७ हजार कित्ता र संस्थापकहरुले लगानी गरेको १ करोड ४६ लाख कित्ता र स्थानीय बासिन्दाको लागि १८ लाख २७ हजार कित्ता र बराबरको शेयर नेप्सेमा सुचीकृत भएको हो ।
नेप्सेले हाइड्रोपावरको लागि पहिलो दिनको कारोवारको लागि न्युनतम ९३ दशमलव ६४ र अधिकत्म २ सय ८० दशमलव ९२ रुपैयाँ ओपनिङ्ग रेन्ज तोकेको छ ।