काठमाडौं । काठमाडौं महानगरपालिकामो मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो फराकिलो अग्रता कायम राखेका छन् । अहिलेसम्मको मत परिणामअनुसार ४९ हजार ९ सय ७५ मतगणना हुँदा बालेनले १९ हजार ५ सय २३ मत ल्याएका छन् ।
त्यस्तै, उनका निकटतम प्रतिस्पर्धि नेकपा एमालेका केशव स्थापितले १० हजार ३२ मत ल्याएका छन् भने नेपाली काँग्रेसबाट उम्मेदवार बनेकी सिर्जना सिंहले ९ हजार १ सय ३२ मतसहित तेस्रो स्थानमा रहेकी छन् ।