images
images

१० दिन त्रिशुली ३ -एको सुरुङभित्र थुनिएका दुईजनालाई गरियो, जिवितै उद्धार


  • 85
    SHARES
  • २०८३ भाद्र १९ गते शुक्रबार

    १० दिन त्रिशुली ३ -एको सुरुङभित्र थुनिएका दुईजनालाई गरियो, जिवितै उद्धार

    काठमाडौँ, १९ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनालाई १० दिनपछि जीवितै उद्धार गरिएको छ। सम्पर्कविहीन रहेका उनीहरूलाई उद्धार टोलीले सुरुङभित्रबाट सकुशल बाहिर निकालेको हो।

    शुक्रबार बिहान सुरु भएको उद्धार प्रयास केही समयमै सुखद खबरमा परिणत भयो । सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत पाएपछि उद्धार टोलीले थप तीव्रताका साथ काम अघि बढाएको थियो । त्यसपछि पहिलो व्यक्तिलाई जीवितै बाहिर निकाल्न सफलता मिल्यो । केही समयपछि थप एक जनाको पनि जीवितै उद्धार गरियो ।

    यससँगै १० दिनदेखि अँध्यारो सुरुङभित्र जीवनका लागि संघर्ष गरिरहेका सञ्जय साह र कविर महर्जन परिवार तथा आफन्तमाझ फर्किएका छन्उ । उद्धार गरिएका दुवै जनाको पहिचानसमेत खुलेको छ।

    को हुन् सञ्जय र कविर ?

    उद्धार गरिएका सञ्जय साह नेपाल विद्युत् प्राधिकरणका चौथो तहका कर्मचारी हुन् । उनी शुक्रबार बिहान पहिलो चरणमा जीवितै उद्धार भएका थिए ।

    त्यस्तै कविर महर्जन त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाका सुपरभाइजर हुन् । उनी पनि सुरुङभित्र १० दिन बिताएर जीवितै बाहिर आउन सफल भएका छन् । आयोजनाका प्रमुख आवास ओझाले महर्जन आयोजनामै सुपरभाइजरका रूपमा कार्यरत रहेको जानकारी दिएका छन् ।

    बाढीले सुरुङभित्र पुर्याएका कहालीलाग्दो अवस्था

    भोटेकोशीमा आएको भीषण बाढीले आयोजनास्थलमा ठूलो क्षति पुर्याएपछि सुरुङभित्र काम गरिरहेका केही व्यक्ति सम्पर्कविहीन भएका थिए । सुरुङसम्म पुग्ने बाटोसमेत बाढी र पहिरोका कारण कठिन बनेपछि उद्धार टोलीका लागि उनीहरूसम्म पुग्नु ठूलो चुनौती बनेको थियो ।

    नेपाली सेना र सशस्त्र प्रहरीको टोली निरन्तर उद्धारमा खटिएको थियो । सुरुङसम्म पहुँच बनाउन खन्ने कामसँगै भित्र हावा तथा अक्सिजन पुरयाउने प्रयास गरिएको थियो ।

    उद्धार अभियानकै क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत प्राप्त भएपछि उद्धार टोलीमा नयाँ आशा पलाएको थियो । त्यसपछि टोलीले जोखिम मोलेर कामलाई तीव्रता दियो र अन्ततः दुई जनालाई जीवितै बाहिर निकाल्न सफलता मिल्यो ।

    १० दिनसम्म सुरुङभित्र फसेर पनि सञ्जय र कविरले जीवन जोगाउन सफल भएको घटनाले विपद्का बेला उद्धार अभियानको महत्वलाई फेरि उजागर गरेको छ।

    तस्बिर - सामाजिक सञ्जाल




    images
    images

    Logo