images
images

ललितपुर महानगर प्रमुखमा कांग्रेसका महर्जन र उपप्रमुखमा एमालेकी शाक्यको अग्रता


  • 671
    SHARES
  • २०७९ जेठ ४ गते बुधबार

    ललितपुर महानगर प्रमुखमा कांग्रेसका महर्जन र उपप्रमुखमा एमालेकी शाक्यको अग्रता

    काठमाडौं । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्रता कायम छ । पछिल्लो विवरणअनुसार नेपाली कांग्रेसका उम्मेदवार महर्जनले १४ हजार २ सय ८५ र नेकपा (एमाले) का हरिकृष्ण व्यञ्जनकारले ७ हजार १ सय २९ मत पाएका छन् । उपप्रमुखमा एमालेकी उम्मेदवार शाक्यले ७ हजार ३ सय ७७ मत र नेकपा (माओवादी) का बाबुराजा बज्राचार्यले ४ हजार ७ सय ७५ मत पाएका छन् । 

    आठ वडाको वडाध्यक्षमा नेपाली ४ कांग्रेस, दुई नेकपा (एकीकृत समाजवादी) एक एमाले र एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । हाल वडा नं ९, १० र ११ को गणना जारी रहेको छ । महानगरपालिकामा २९ वडा रहेकामा हालसम्म आठ वडाको मात्रै परिणाम आएको छ । शुक्रबार मतदान भएकामा शनिबारबाट मतगणना सुरु भएको थियो । सुरुमा एक ठाउँमा मात्रै गणना भएकामा हाल ३ वडाको एकै पटक गणना भइरहेको छ । अन्तिम मतपरिणाम आउन अझै केही दिन लाग्ने देखिएको छ ।  


    images
    images

    Logo