काठमाडौं । संसदीय सुनुवाइ समितिले बुधबार ४ राजदूतको नाम अनुमोदन गरेको छ । बुधबार बिहान र बेलुकी गरी दुई पटक बसेको बैठकले मिलन तुलाधर (रुस), शर्मिला पराजुली ढकाल (स्पेन), डिल्लीराज पौडेल (मलेसिया) र कान्ता रिजाल (इजरायल)को नाम सर्वसम्मतले अनुमोदन गरेको हो।
सरकारले १ महिना अघि २० जनालाई राजदूतको नाम सिफारिस गरेको थियो जसमध्ये आजसम्म संसदीय सुनुवाइबाट ६ जनाको नाम अनुमोदन भएको छ । बाकिँ १४ जना राजदूतहरुको संसदीय सुनुवाइ बाँकी रहेको छ ।
समितिले मंगलबार चीनका लागि राजदूत विष्णुपुकार श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत दानबहादुर तामाङको नाम पनि अनुमोदन गरेको थियो ।
सवै राजदुतको नाम संसदीय समितिले अनुमोदन गरेपछि सम्बधित देशमा उनीहरुको नाम स्वीकृतका लागि पठाइन्छ त्यँहाबाट स्वीकृत भएपछि कानुन अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत नियुक्त गर्ने छिन् ।



