images
images

नेपाल टी ट्वान्टी लिगको आधिकारिक घोषणा


  • 298
    SHARES
  • २०७९ जेठ ४ गते बुधबार

    नेपाल टी ट्वान्टी लिगको आधिकारिक घोषणा

    नेपाल क्रिकेट सङ्घ ९क्यान० को आयोजनामा हुने पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग आगामी असोज दोस्रो सातादेखि हुने भएको छ ।

    युवा तथा खेलकूदमन्त्री महेश्वरजङ्ग गहतराजले उक्त प्रतियोगिताको औपचारिक घोषणा क्यानद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गरेका छन् । प्रतियोगिता आगामी असोज ८ गतेदेखि कात्तिक ५ गतेसम्म हुनेछ  । 

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त प्रतियोगितामा  विभिन्न ६ टोलीको सहभागिता रहने क्यानले जनाएको छ । क्यानले यसअघि नै प्रेस विज्ञप्तिमार्फत उक्त प्रतियोगिताको घोषणा गरेपनि मिती भने सार्वजनिक गर्न सकेको थिएन । 

    क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालको आधिकारिक टी ट्वान्टी लिगको औपचारिक घोषणा गर्न पाउँदा खुसी लागेको भन्दै उक्त प्रतियोगिताले पर्यटकीय र व्यावसायिक हिसाबबाट नेपाली क्रिकेटले फड्को मार्ने विश्वास व्यक्त गरेका छन् ।


    images
    images

    Logo