काठमाडौं । नेकपा एमालेका नेता खगराज अधिकारीले अर्थमन्न्त्री जनार्दन शर्मालाई मेलम्ची तपाईले ल्याउनु भएको हो भन्दै प्रश्न गरेका थिए । प्रतिनिधिसभामा बजेटका सिद्दान्त र प्राथमिकता विधेयकमाथि बोल्ने क्रममा अधिकारीले गठबन्धनको नाममा मनलाग्दी गरेको र अर्थ नीति तथा संरचनाहरु नै ध्वस्त पार्न लागि परेको आरोप लगाए छन् ।
सोही अवसरमा अधिकारीले अहिलेको सरकारले नै सबै विकास निर्माण गरेको जसरी प्रस्तुत भएको भन्दै सो व्यवहार सुर्धान अर्थमन्त्रीलाई सुझाव दिए । यसका साथै अधिकारीले अर्थमन्न्त्रीलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तपाईले बनाउनु भएको हो, मेलम्ची तपाईले ल्याउनु भएको हो ? जस्ता समेत प्रश्न गरेका थिए ।
गभर्नरमाथिको कारबाही घटनाको बारेमा कुरा गर्दै नेता अधिकारीले भने, ‘गलत नियतबस गभर्नरमाथि कारबाही गर्ने र न्यायिक प्रणालीमार्फत पुनः फर्किएपछि नैतिकताका हिसाबले राजीनामा दिनुपर्दैन जस्ता प्रश्न गरेका हुन् ।



