images
images

शेयर लगानीकर्ताले राष्ट्र बैंकसँग राखे ४ बुँदे माग


  • 530
    SHARES
  • २०७९ जेठ ४ गते बुधबार

    शेयर लगानीकर्ताले राष्ट्र बैंकसँग राखे ४ बुँदे माग

    काठमाडौं । शेयर बजारसम्बन्धी २ संस्थाले नेपाल राष्ट्र बैंकसँग ४ बुँदे माग राखेको छ । नेपाल इन्भेष्टर्स फोरम र शेयर लगानीकर्ता संघले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पत्र लेख्दै यस्तो माग राखेका हुन् । 

    पत्रमा ३२ सय अंकको हाराहारीमा पुगिसकेको अहिले २२५० को हाराहारीमा झरिसकेको र यसबाट बजारले १३ खर्ब गुमाएको भन्दै राष्ट्र बैंकको ध्यानाकर्षण गराइएको छ । बजारलाई तत्काल उत्थान गर्नको लागि राष्ट्र बैंकले ४ बुँदामा ध्यान दिनुपर्ने उल्लेख गरिएको छ । 

    इन्भेष्टर्स फोरमा अध्यक्ष तुल्सीराम ढकाल र शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले संयुक्त रुपमा पठाएको उत्त पत्रमा मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले शेयर कर्जामा लागु गरेको ४÷१२ करोसम्बन्धी नीति हटाउनुपर्ने, शेयर कर्जाको मार्जिन १५० बाट घटाएर १०० कायम गर्नुपर्ने, मर्जर वा एक्विजिसनको क्रममा हुने शेयर रोक्कालाई सीमित अवधिमा झार्नुपर्ने तथा विद्यमान तरलता संकट समाधानका लागि पहुल गर्नुपर्ने माग गरिएको छ ।

    investers.jpg


    images
    images

    Logo