काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा नेकपा एमालेबाट प्रमुखमा मिठाराम अधिकारी र उपप्रमुखमा अनिता लामा निर्वाचित भएको छन् । बुढानीलकण्ठ नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।
नगरपालिकाको प्रमुख निर्वाचित भएका अधिकारीले १४ हजार २ सय ५० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विनोद चालिसेले ११ हजार ५ सय १२ मत ल्याए थिए । त्यसका साथै एकीकृत समाजवादीका वालकृष्ण श्रेष्ठले २ हजार २ सय २२, स्वतन्त्र उम्मेदवार सुमित खरेलले १ हजार ३ सय ८ राप्रपाका निना भेटवालले १ हजार ३९ र माओवादी केन्द्रका डम्बरबहादुर अधिकारीले ६ सय ५९ मत ल्याएका छन् ।
उपमेयरमा निर्वाचित एमालेकी लामाले १४ हजार ३ सय १४ मत ल्याएकी छन् भने निकटतम प्रतिद्वन्द्वी रमिला वाग्लेले ११ हजार ९ सय ७२ मत ल्याए । राप्रपाकी चम्पादेवी अधिकारीले १ हजार ३ सय १२ र माओवादी केन्द्रकी कमला गौमतले ८ सय २७ मत ल्याएकी छन् ।



