images
images

झापाको बाह्रदशी गाउँपालिकामा एमाले भारी मतान्तरसहित विजयी


  • 357
    SHARES
  • २०७९ जेठ ४ गते बुधबार

    झापाको बाह्रदशी गाउँपालिकामा एमाले भारी मतान्तरसहित विजयी

    बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) विजयी भएको छ । 

    अध्यक्षमा एमालेका देवेन्द्रप्रसाद चौलागाईँ ७ हजार १ सय ४८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका खड्गप्रसाद राजवंशीले ४ हजार ३ सय ६१ मत प्राप्त गरेका छन् । 

    यसैगरी उपाध्यक्षमा एमालेकै शान्ता शिवाकोटी खरेलले ६ हजार ६ सय ३६ मत प्राप्त गरी निर्वाचित भएकी छिन् । उनको निकटम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका कमला राजवंशीले ४ हजार १ सय ९५ मत प्राप्त गरेका हुन् । 

    सात वडा रहेको बाह्रदशीमा ४ मा कांग्रेस तथा १/१ वडामा एमाले, राप्रपा र स्वतन्त्रले अध्यक्षमा विजयी बनेका छन् । 


    images
    images

    Logo