images
images

आरटीजीएस प्रणालीमा थप ४ वित्तीय संस्था आवद्ध


  • 346
    SHARES
  • २०७९ जेठ ४ गते बुधबार

    आरटीजीएस प्रणालीमा थप ४ वित्तीय संस्था आवद्ध

    काठमाडौं । आरटीजीएस प्रणालीमा थप ४ वित्तीय संस्था आवद्ध भएका छन् । नेपाल राष्ट्र बैंकले १ विकास बैंकसहित ३ फाइनान्स कम्पनी  रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा जोड्ने अनुमति दिएको छ । राष्ट्र बैंकले बुधबार सूचना जारी गर्दै ४ बटा वित्तीय संस्था आरटीजीएस प्रणालीमा जोडिएको जनाएको हो । 


    आरटीजीएसमा आबद्ध भएका कम्पनीहरु मितेरी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, र समृद्धि फाइनान्स रहेका छन् । आरटीजीएस प्रणाली ठूला कारोबारको सेटलमेन्ट गर्ने प्रणाली हो । 

    २० लाखभन्दा ठूलो मात्राको चेक भुक्तानी गर्दा अहिले यो प्रणालीको प्रयोग गरिन्छ । यो प्रणालीमा रकम भुक्तानी गर्ने व्यक्तिले पठाउने व्यक्तिको खातामा रकम पठाउने गर्छ । यस्तो रकम ‘रियल टाइम’ मै सेटलमेन्ट भएर सम्बन्धित व्यक्तिको बैंक खातामा जान्छ । 


    images
    images

    Logo