images
images

काठमाडौं महानगर –५ मा एमालेको प्यानलै विजयी


  • 437
    SHARES
  • २०७९ जेठ ४ गते बुधबार

    काठमाडौं महानगर –५ मा एमालेको प्यानलै विजयी

    काठमाडौं । काठमाडौं महानगरपालिका–५ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार प्रेम थापाको प्यानलै विजय भएको छ ।  उनले नेपाली कांग्रेसका निकटतम प्रतिद्वन्द्वी राजेश अधिकारीलाई ६ सय ४७ मतले पछि पार्दै उनले आफ्नो प्यानलसहित विजय भएका हुन् । 

    त्यसैगरी सदस्यमा एमालेको तर्फबाट कृष्णराज चालिसे र केशवप्रसाद श्रेष्ठ विजय भएका हुन्। महिला सदस्य सीता थापा र दलित महिला सदस्यमा शर्मिला परियार विजय हुनुभएको जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जानकारी दिएको छ ।   

    हाल प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा आठ स्थानबाट काठमाडौं महानगरपालिकाको मतगणना कार्य भइरहेको छ । अहिले वडा नं ४, ६, ७, २९, ३०, ३१ र ३२ को मतगणना कार्य जारी छ । वडा नं १, २, ३ र ५ को मतपरिणाम सार्वजनिक भइसकेको छ । परिणामअनुसार सबै वडामा एमालेका वडाध्यक्ष र केही वडामा  जनप्रतिनिधिको प्यानलै विजय भएका छन् ।  

    त्यसैगरी प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपप्रमुख पदका लागि एमालेको उम्मेदवार सुनिता डङ्गोलले आफ्नो अग्रता कायम रहेकाे छ । 


    images
    images

    Logo