काठमाडौं । भरतपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनकी साझा उम्मेदवार रेणु दाहाल १७ सय १२ मतले अगाडी रहेकी छिन् । पछिल्लो मतपरिणाम अनुसार २७ हजार ४३८ मत गन्दा दाहालले ९ हजार ९ सय ७० मत प्राप्त गरेकी छिन् ।
उनलाई पछ्याउदै नेकपा एमालेका विजय सुवेदीले ८ हजार २ सय ५८ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ५ सय ४ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् ।
त्यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार ७ सय ४० मत ल्याएर छन् भने उनलाई पछ्याउदै राप्रपाकी हिमला गुरुङले ६ हजार ६ सय ६८ मत प्राप्त गरेकी छिन् ।