काठमाडौं । काठमाडौँ महानगरपालिको मतगणना सुरु भएको छ । प्रारम्भिक गणना अन्य उम्मेदवार भन्दा बालेन साह निकै अगाडि रहेका छन् । अहिले सम्म बालेन शाहले १६ हजार ५ सय ३७ मत पाएका छन् । यसका साथै नेकपा एमालेका उम्मेदवार केशब स्थापतिले ८ हजार ५ सय ४८ हजार र गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ हजार ६ सय ९० मत पाएकी छिन् ।
बालेनको निकट प्रतिद्धन्द्धी एमाले उम्मेदवार केशब स्थापितलाई ८ हजार २ सय ८९ मतले पछाडि पारेका हुन्।