काठमाडौं । सुनचाँदी बजारमा सुनको मुल्य ९ सय रुपैयाँले घटेको छ । छापावाला सुनको मुल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोवार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार ९६ हजार ७ सय रुपैयाँमा कारोवार भएको सुनको मुल्य आज ९ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोवार भएको छ । चाँदीको मुल्यमा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।