काठमाडौं । रिभर फल्स पावरको आईपीओ आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा आज साँझ ५ बजेसम्म आवेदन दिन सकिन्छ ।
कम्पनीले सर्वसाधारण शेयरधनीका लागि छुट्याएको २७ लाख ३० हजार कित्ता आईपीओ जारी गरेको थियो । निष्काशन गरेको शेयरमध्ये ५४ हजार ६ सय कित्ता शेयर कर्मचारीका लागि र १ लाख ३६ हजार ५ सय कित्ता शेयर सामुहिक लागानी कोषको लागि छुट्याएको छ । र बाँकी २५ लाख ३८ हजार ९ सय कित्ता शेयर सर्वसाधारणको लागि बिक्री गरिएको छ ।
संस्थाका कर्मचारी र सामुहिक लगानी कोषका बाहेक यो शेयर ५ लाख ३२ हजार ८ सय ९० जनालाई वितरण गर्न पर्याप्त हुन्छ । सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले डिम्याट खातासँग लिङ्क भएका बैंक खातामार्फत् सीआश्वा प्रणालीबाट शेयरका लागि आवेदन दिन सक्नेछन् ।



