images
images

सूर्यविनायक ७ गुण्डूमा  एमालेको प्यानलै बिजयी


  • 666
    SHARES
  • २०७९ जेठ ४ गते बुधबार

    सूर्यविनायक ७ गुण्डूमा  एमालेको प्यानलै बिजयी

    भक्तपुर । सूर्यविनायक नगरपालिका– ७ को वडाअध्यक्षमा नेकपा एमालेका रविन्द्र सापकोटा बिजयी भएका छन । राती अवेर सम्पन्न मतगणना अनुसार सापकोटाले १ हजार ७ सय ३१ मतसहित  बिजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवारले १ हजार ८६ मत ल्याएका छन् । 

    घोषित परिणाम अनुसार एमालेकै महिला वडा सदस्य गीता बस्नेत, दलित महिला वडा सदस्य सन्तोषी परियार, खुल्ला सदस्य(एक) ईश्वर थापा निर्वाचित भएका छन् । संघीय सांसद महेश बस्नेतको घर रहेको सो वडाबाट २०७४ को निर्वाचनमा पनि सापकोटा वडा अध्यक्षमा निर्वाचित भएका थिए । 

    सो वडाबाट एमालेका नगर प्रमुखका उमेदवार बाशुदेव थापाले १ हजार ७ सय ९१ मत पाएका छन । त्यसैगरी  नेपाली कांग्रेसका निशान ढुंगेलले १ हजार १ सय ३१ मत ल्याएका छन् । त्यस्तै उप प्रमुखमा एमालेकी सरिता भट्टराईले १ हजार ७ सय ५८ मत पाउँदा गठबन्धनबाट नेकपा एसका श्यामसुन्दर बस्नेतले ४ सय ४६ मत मात्र पाएका छन् ।


    images
    images

    Logo