images
images

उदयपुरमा कार दुर्घटना : एक जनाको ज्यान गयो, चार जना घाईते


  • 504
    SHARES
  • २०७९ जेठ ४ गते बुधबार

    उदयपुरमा कार दुर्घटना : एक जनाको ज्यान गयो, चार जना घाईते

    उदयपुर । उदयपुरमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ चार जना घाईते भएका छन । मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका–६ नेपालटार दनुवारबेसीको वैद्यनाथको पुलमा वीरगंञ्जबाट विराटनगर हिँडेको बा २५ च ७८१९ नम्बरको कार अनियन्त्रित भएर दुर्घटना हुँदा कारमा सवार ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक सन्तोष आचार्यले जानकारी दिए । 

    मंगलबार राती ९ बजे भएको दुर्घटनामा घाइते भएकाहरु मध्ये मोरङको विराटनगर महानगरपालिका–५ चाँदनी चोकका ३४ वर्षीय देवेन्द्र चापागाइँको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मंगलबार राती ११ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन् । 

    राती कार अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएकाहरुलाई जिल्ला अस्पताल गाईघाटमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो हस्पिटल रिफर गरिएको छ । 

    घाइतेहरुमा कार चालक मोरङ विराटनगर महानगरपालिका–५ चाँदनी चोकका ३१ वर्षीय विशाल राय, २३ वर्षीय सुजन खतिवडा, २७ वर्षीय सागर घिमिरे र ३५ वर्षीय सुरज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकृत प्रहरी नायव उपरिक्षक सन्तोष आचार्यले जानकारी दिए । 

    दुर्घटना हुँना साथ प्रहरी चौकी नेपालटार र स्थानीयवासीको सहयोगमा उद्धार गरि अस्पताल पठाउने काम भएको स्थानीयवनसीले बताए । मृतक चापागाईको शव भने जिल्ला अस्पताल गाईघाटको शव गृहमा राखिएको छ ।


    images
    images

    Logo