images
images

धादिङमा समाजवादीलाई फाफ्यो गठबन्धन, कहाँ कति जित्यो ?


  • 762
    SHARES
  • २०७९ जेठ ३ गते मंगलबार

    धादिङमा समाजवादीलाई फाफ्यो गठबन्धन, कहाँ कति जित्यो ?

    काठमाडौं । नेकपाबाट विभाजन भएर बनको एकीकृत समाजवादीका लागि स्थानीय चुनाव खासै सुखद भएन । अपेक्षित परिणाम नआउँदा अहिले समाजवादीका नेताहरु गठबन्धनमा रहने कि नरहने भन्ने समीक्षा गर्नुपर्ने अवस्थामा पुगेका छन् । 

    पार्टीका अध्यक्ष माधवकुमार नेपालले पार्टीले चुनावी गठबन्धनको समीक्षा गर्ने बताउँदैगर्दा प्रमुख प्रतिपक्षी एमालेले समाजवादीको नतिजाप्रति खिसिट्युरी गरेको छ । मंगलबारको संसदमा बैठकमा एमालेले ‘एकीकृत समाजवादीलाई जनताले कारबाही गरेको’ भन्दै बिनाशर्त संसद अवरोध खोलिदिएको छ ।

    यसअघि एकीकृत समाजवादीमा गएका १४ सांसदलाई कारबाही नगरेको भन्दै एमालेले संसद अवरोध गर्दै आएको थियो । एमालेलाई नै घाँडो बन्दै आएको संसदको अवरोध खोल्न एमालेले एकीकृत समाजवादीको चुनावी नतिजालाई आधार बनाएपछि सो पार्टी झनै चिढिने अवस्थामा पुगेको छ । 

    निर्वाचन आयोगको तथ्यांक अनुसार हालसम्म एकीकृत समाजवादीले एउटा नगरपालिकासहित ५ वटा स्थानीय तहको मात्रै नेतृत्व हात पारेको छ । त्यस्तै, ३ नगरपालिकासहित १२ वटा स्थानीय तहको उपप्रमुख यसले जितेको छ । 

    अग्रताको हिसाबले हेर्दा झण्डै २५ ठाउँमा अग्रता लिँदा उपप्रमुखमा ८ ठाउँमा अग्रता लिएको छ । अहिलेको अवस्था हेर्दा पोखरा महानगरपालिका समाजवादीले जित्ने देखिए पनि हेटौंडामा भने राप्रपाले हराउने सम्भावना देखिएको छ । समाजवादीले आश गरेका उपमहानगर र महानगर यीनै हुन् । हेटौंडामा समेत जीतको सुनिश्चितता नभएपछि समाजवादी समीक्षा गर्नुपर्ने अवस्थामा पुगेको हो । 
    सो पार्टीका अध्यक्ष नेपालले त गठबन्धनमा समाजवादीलाई बेचास्था गरिएको आरोप समेत लगाइसकेका छन् । 

    यही अवस्थाबीच धादिङ भने यसको अववाद बनेको छ । धादिङमा गठबन्धन सफल हुँदा एकीकृत समाजवादीले राम्रो नतिजा हात पारेको छ । 

    कहाँ कहाँ जित्यो ? 

    अहिले समाजवादीले विजय प्राप्त गरेको एकमात्र नगरपालिका धुनिबेँसी हो जुन धादिङमा पर्छ । त्यसबाहेक सिद्धलेख, बेनीघाट रोराङ र ज्वालामुखी गाउँपालिको उपाध्यक्ष समेत समाजवादीले हाल पार्न सफल भएको छ । 

    जिल्लाको १३ स्थानीय तहमा अहिले १०४ वडा छन् । त्यसमध्ये अहिलेसम्म ५ वटा वडामा समाजवादीले जीत निकालेको छ । धुनिबेँसी नगरपालिकाको वडा नम्बर २ र वडा नम्बर ४, गंगाजमुना गाउँपालिको वडा नम्बर ७ र रुबीभ्याली गाउँपालिकाके वडा नम्बर २ र वडा नम्बर ६ समेत समाजवादीकै हातमा गएको छ । 

    त्यसबाहेक ज्वालामुखी–७, सिद्धलेक–१, सिद्धलेक–५, रुवीभ्याली–२, गंगाजमुना–७, धुनिवेँसी–२ मा १÷१ जना सदस्य र धुनिबेँसी–४ मा दुवैजना खुला सदस्य समेत समाजवादीले जितेको छ । 

     


    images
    images

    Logo