भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं ८ मा काँग्रेस र वडा नं. ७ मा राप्रपाका उमेदवार विजयी भएका छन् । भर्खरै सम्पन्न मतगणनामा चाँगुनारायण नगरपालिका वडा नं ८ को वार्ड अध्यक्षमा जनक खत्री विजयी भएका हुन् ।
खत्रीले एमाले उमेदवार राजेश खड्कालाई पराजित गरेका हुन् । सो वडामा यसअघिको निर्वाचनमा एमालेका परासर सापकोटा विजयी भएका थिए ।
त्यसैगरी चाँगुनारायण नगरपालिका वडा नं ७ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् । मत परिणाम अनुसार वडाअध्यक्षमा श्यामकृष्ण नायजु श्रेष्ठ विजयी भएका हुन् ।
उता सुर्यविनायक नगरपालिका वडा नम्बर ५ को अध्यक्षमा राजकुमार जोशी पुन निर्वाचित भएका छन् । त्यस्तै सदस्यमा एमालेकै कमला पोखरेल, गीता विशुन्खे, मनोज थापा र वाशुदेव पोखरेल विजयी भएका छन् ।
सुर्यविनायक नगरपालिकाकै वडा नं. ६ मा काँग्रेसका ईश्वर खड्का पुरै प्यानल सहित निर्वाचित भएका छन् । त्यसैगरी मध्यपुर थिमि ८ वडामा नेमकिपाका रमेश थापा श्रेष्ठसहित ३ सदस्य निर्वाचित भएका छन् ।



