काठमाडौं । प्रतिनिधिसभाको झण्डै ९ महिनादेखि जारी अवरोध हटेको छ । नेकपा एकीकृत समाजवादीका १४ सांसदमाथि कारबाही गर्नुपर्ने माग राख्दै संसद अवरोध गर्दै आएको एमालेले संसद अवरोध हटाएको हो । अब एमालेले फरक ढंगले विरोध गर्ने जनाएको छ ।
आजदेखि सुरु भएको बजेट अधिवेशमा बोल्दै एमालेका सांसद प्रदीप ज्ञवालीले सभामुखले एकीकृत समाजवादीका सांसदलाई कारबाही नगरे पनि जनताले गरेको बताए ।
उनले देश आर्थिक संकटमा परेको बेला सरकारले राष्ट्र बैंकका गभर्नरमाथि कारबाही गरेको भन्दै असन्तुष्टि जनाए ।