काठमाडौं । मध्यपुर थिमि–७ को वडाध्यक्षमा नेकपा एमालेका कृष्णकुमार प्रजापति निर्वाचित भएका छन् ।
मंगलबार सम्पन्न मतगणना अनुसार प्रजापतिले १२६६ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका दिनेश घजुले १२३४ मत ल्याए ।
सो वडाको वडा सदस्यमा भने ३ जना काँग्रेसबाट र एक जना एमालेबाट निर्वाचित भएका छन् ।