images
images

तिलोत्तमाको मतगणना स्थगित


  • 482
    SHARES
  • २०७९ जेठ ३ गते मंगलबार

    तिलोत्तमाको मतगणना स्थगित

    काठमाडौं ।  तिलोत्तमा नगरपालिकाको मतगणना अहिले रोकिएको छ । मतगणनामा धाँधली भएको भन्दै नेपाली काँग्रेसका कार्यकर्ताले विरोध जनाएपछि मतगणना रोकिएको हो । 

    तिलोत्तमा नगरपालिकामा रहेको यातायात कार्यालयमा भएको वडा नम्बर १६ र २ को मतगणना रोकिएको हो । मतगणनापछि सङ्ख्या टिपोट गर्ने क्रममा गणक र पार्टी प्रतिनिधिबीच मत सङ्ख्यामा फरक पर्न गएकाले वास्तविक तथ्याङ्क हेरेर गणना अगाडि बढाइने सहमति भएको निर्वाचन अधिकृत माधवप्रसाद लोहनीले बताए । 

    अहिले मतगणनास्थल बाहिर काँग्रेसका कार्यकर्ताले नाराबाजी गरिरहेका छन् । 


    images
    images

    Logo