काठमाडौं । स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसका नागेश कोइरालाको अग्रता कायम नै रहेको छ ।
पछिल्लो मतपरिणाम अनुसार प्रमुख पदका उम्मेदवार कोइरालाले ९ हजार र उनका प्रतिस्पर्धी नेकपा एमालेका सागर थापाले ६ हजार ६ सय ६७ मत प्राप्त गरेका छन् ।
यस्तै, उपप्रमुखमा नेकपा एमालेका शिल्पा कार्कीले ७ हजार ६ सय ४६, जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले ४ हजार ८ सय ४४, राप्रपाका विन्दाकुमारी लुइँटेल आचार्यले २ हजार ३ सय २ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले १ हजार ६ सय ६९ मत प्राप्त गरेका छन् ।
छ वटा वडाको परिणाम सार्वजनिक
यसैगरी, विराटनगर महानगरपालिकाको वडा नं १ मा वडाध्यक्ष पदमा नेकपा एमालेका काजीबहादुर बस्नेतले एक हजार ९ सय मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजन न्यौपानेले १ हजार ५ सय ९१ मत प्राप्त गरेका थिए ।
वडा नं २ मा वडाध्यक्ष पदमा नेकपा एमालेका कुमार पोखरेलले १ हजार ३ सय १२ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी राप्रपाका पवनकुमार सुरानाले १ हजार २ सय ६९ मत प्राप्त गरेका थिए ।
वडा नं १३ मा वडाध्यक्ष पदमा नेपाली काँग्रेसका उद्धव भुजेलले ७ सय ५२ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका कुमार महर्जनले ६ सय ८५ मत प्राप्त गरेका थिए ।
वडा नं १७ मा वडाध्यक्ष पदमा जनता समाजवादी पार्टी नेपालका समिर कमरले १ हजार ४ सय ५० मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका असलम आलमले ९ सय ४४ मत प्राप्त गरेका थिए ।
साथै वडा नं १८ मा वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार जीतेन्द्रकुमार साहले ६ सय १६ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका दिनेशकुमार यादवले ६ सय २४ मत प्राप्त गरेका थिए ।
वडा नं १९ मा वडाध्यक्ष पदमा नेकपा एमालेका श्याम घिमिरेले ९ सय ८७ मत प्राप्त गरी विजयी भएका छन् छ भने नेपाली कांग्रेसका उदय राजवंशीले ९सय ५ मत प्राप्त गरेका थिए ।



