images
images

सुर्यविनायकमा फेरि एमालेको अग्रता, कस्को कति ?


  • 687
    SHARES
  • २०७९ जेठ ३ गते मंगलबार

    सुर्यविनायकमा फेरि एमालेको अग्रता, कस्को कति ?

    काठमाडौं । भक्तपुरको सुर्यविनायक नगरपालिकामा पुनः एमालेका उमेद्वारले अग्रता कायम गरेका छन् । नगरपालिकाको वडा नं. ५कटुन्जेको मतगणना जारी रहँदा नेकपा एमालेका नगर प्रमुखका उमेद्वार तथा निवर्तमान नगर प्रमुख बासुदेव थापाले अग्रता कायम गरेका हुन् । 

    पछिल्लो मतपरिणाम अनुसार एमालेका थापाले ७ हजार १ सय ५ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धि नेपाली काँग्रेसका उमेद्वार निशान ढुङ्गेलले ६ हजार ९ सय ९९ मत पाएका छन् । पछिल्लो पटक थापा र ढुङ्गेल बिचको मतान्तर १ सय ६ रहेको छ । 

    यस अघि वडा नं. १ को अन्तिमसम्म अग्रता कायम गरेका थापालाई १,२,३,४ को मत गणना सम्पन्न हुँदासम्म नेपाली काँग्रेसका ढुङ्गेलले उछिनेका थिए । त्यसैगरि उपप्रमुख पदकी एमालेकी सरिता भट्टराईले पनि अग्रता कायम गरेकी छिन् । 

    भट्टराईले ७ हजार १ सय ९५ मत पाएकी छिन् भने उनका प्रतिस्पर्धि नेकपा समाजवादीका श्यामसुन्दर बस्नेतले ४ हजार १ सय ३२ मत ल्याएका छन् । भट्टराई र बस्नेतको मतान्तर ३ हजार ६३ रहेको छ । 


    images
    images

    Logo