काठमाडौं । आज सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । मंगलबार छापावाला सुन प्रतितोला ९६ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार छापावाला सुन प्रतितोला ९६ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला २ सय रुपैयाँले बढेर ९६ हजार ७ सयमा कारोबार भएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९६ हजार २a सयमा कारोबार भएको छ भने चाँदी प्रतितोला २० रुपैयाँले घटेर १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



