भक्तपुर । मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बीचको गठबन्धन जिततर्फ उन्मुख भएको छ । नगरपालिकाको ९ वटा वडामध्ये ६ वटा वडाको मतगणना सकिंदा गठबन्धनले फराकिलो अग्रता बनाएको हो ।
गणना भएका छ वडामध्य कांग्रेसले ५ वटा वडा जितेको छ भने ४ नं। वडामा भने नेकपा एमालेका उमेदवार बिजयी भएका छन् ।
मध्यपुर थिमिमा कुल खसेको ३१ हजार ४ सय १० मत मध्ये वडा नं. १ देखी ६ सम्मको २२ हजार मत गणना भइसकेको छ । छ वटा वडाको मत गणनामा अनुसार, गठबन्धनका तर्फबाट नगर प्रमुखका उम्मेदवार नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले ३ हजार ४ सय ९८ मतको अग्रता लिएका छन् । श्रेष्ठले ११ हजार ३ सय ५ मत पाउँदा भएको निकटतम प्रतिस्पर्धी निवर्तमान नगर प्रमुख समेत रहेका नेकपा एमालेका मदनसुन्दर श्रेष्ठले ७ हजार ८ सय ७ मत पाएका छन् ।
त्यसैगरी गठबन्धनका उपप्रमुख उम्मेदवार नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले ९ हजार ६ सय ५९ मतसहित अग्रता लिएका छन । श्रेष्ठकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उत्तरा नेपालले ६ हजार ४ सय ८५ मत पाएकी छिन ।
पछिल्लो मत परिणाम अनुसार नगरपालिकाको वडा नं. ५ र ६ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको गठबन्धन विजयी भएको छ । परिणाम अनुसार, मध्यपुर थिमि वडा नं. ५ मा नेपाली कांग्रेसका बालकृष्ण श्रेष्ठ र वडा नं. ६ मा ज्ञानदास प्रजापति वडाअध्यक्षमा निर्वाचित भएका छन् । वडा नं। ५ का श्रेष्ठले २ हजार ३ सय ६२ मत ल्याउदा उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका राधेश्याम प्रजापतिले १ हजार ३ सय ९३ मत प्राप्त गरे ।
वडा नं. ५ को महिला सदस्यमा नेकपा एमालेकी कमला प्रजापति र सुरेन्द्र भासिमा बिजयी भएभने खुल्ला सदस्यमा कांग्रेसका राजभाई प्रजापतिले जित हात पारे । यो वडामा दलित महिला सदस्यमा कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएक थिए ।
त्यस्तै वडा नं। ६ मा गठबन्धनको प्यानलै विजयी भएको छ । वडा अध्यक्षमा कांग्रेसका ज्ञानदास प्रजापति १ हजार ७ सय २३ मत ल्याई विजयी भए। उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवारले १ हजार २९ मत पाए । वडा सदस्यहरुमा नेपाली कांग्रेसका अरुणा नकर्मी, रामचन्द्र थापामगर, दलित महिला सदस्यमा सिता विश्वकर्मा र सदस्यमा माओवादी केन्द्रका तुलसीराम प्रजापति निर्वाचित भए ।



