काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिएकी छन् । नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई २९ मतले पछि पार्दै रेनुले अग्रता लिएकी हुन् ।
अहिलेसम्म भएको मतगणना अनुसार रेनुले ५ हजार ७ सय १८ मत पाएकी छन् भने विजय सुवेदीले ५ हजार ६ सय ८९ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ७ सय ८८ मत ल्याएका छन् ।
उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ६ हजार ९ सय ८५ मत र राप्रपाका उम्मेदवार हिमला गुरुङले ४ हजार ६ सय ४५ मत पाएकी छन् ।