काठमाडौं । काठमाडौंको कीर्तिपुरमा नेपाली काँग्रेसले शानदार जीत निकालेको छ । सो नगरपालिकामा सबै पार्टीलाई पाखा लगाउँदै काँग्रेले मेयरदेखि वडाध्यक्षसम्ममा जित निकालेको हो ।
नगरपालिकाको मेयरमा राजकुमार नकर्मी ९ हजार ४३ मतसहित बिजयी भए । उनको प्रतिस्पर्धी एमालेका केशवरत्न बज्राचार्यले ५५०७ मतमात्रै ल्याए ।
उपमेयरमा काँग्रेसकै शुभलक्ष्मी शाक्यले ८८६५ मत ल्याउँदा एमालेकी बिन्दु महर्जनले ७२०६ मत ल्याइन् ।
नगरपालिकाका ९ वडामध्ये ८ वडामा काँग्रेसकै वडा अध्यक्षका उम्मेदवारले जीत निकालेका छन् । वडा नम्बर ४ मा भने स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारी विजयी भएका छन् ।
वडा सदस्यमा पनि वडा नम्बर ४ मा दिनेशचन्द्र दाहाल स्वतन्त्रबाट जित्दा अरु सबै वडाका सबै सदस्यहरु काँग्रेसको पोल्टामा परेको छ ।



