images
images

उदयपुरगढीमा गठबन्धनको शानदार जीत, एमाले एउटा वडामा सीमित


  • 382
    SHARES
  • २०७९ जेठ २ गते सोमबार

    उदयपुरगढीमा गठबन्धनको शानदार जीत, एमाले एउटा वडामा सीमित

    काठमाडौं । उदयपुरको उदयपुरगढी गाउँपालिकामा सत्तारुढ गठबन्धनले शानदार जीत निकालेको छ । आज सम्पन्न मतगणना अनुसार गठबन्धनले पाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ६ वटा वडामा जित निकालेको छ । बाँकी २ वडामध्ये एउटामा स्वतन्त्र उम्मेदवारले जित्दा एउटामा एमालेले जित हासिल गरको छ । 

    गाउँपालिका अध्यक्षमा नेकपा एकीकर्त समाजवादीका मानबहादुर केप्छाकी मगरले ४९४२ मत ल्याई विजयी हुँदा एमालेका गोपालबहादुर खत्रीले ४११४ मत ल्याएका छन् । उपाध्यक्षामा भने नेपाली काँग्रेसका जीतबहादुर खड्काले ४६४८ मतसहित निर्वाचित हुँदा एमालेकी शोभाकुमारी मगरले २८६३ मत प्राप्त गरेकी छिन् । 

    वडातर्फ माओवादी केन्द्रले ३ वटा, नेपाली काँग्रेसले २ वटा, एमालेले एउटा, एकीकृत समाजवादीले एउटा  र स्वतन्त्र उम्मेदवारले एउटा वडामा जीत हासिल गरेका छन् । 

    १ नं. वडा अध्यक्ष : दिलबहादुर मगर, एकीकृत समाजवादी
    २ नं. वडा अध्यक्ष : ईन्द्रबहादुर राउत, स्वतन्त्र
    ३ नं. वडा अध्यक्ष : मनोज कार्की, माओवादी केन्द्र
    ४ नं. वडा अध्यक्ष : रामबहादुर घले, माओवादी केन्द्र
    ५ नं. वडा अध्यक्ष : कुमार अधिकारी, नेपाली काँग्रेस
    ६ नं. वडा अध्यक्ष : कृष्णबहादुर खत्री, नेपाली काँग्रेस
    ७ नं. वडा अध्यक्ष : भुवन मगर, माओवादी केन्द्र
    ८ नं. वडा अध्यक्ष : थिरबहादुर राउत, एमाले


    images
    images

    Logo