काठमाडौं । स्थानीय तह निर्वाचनको जारी मतगणनामा झापाको भद्रपुर नगरपालिकाको चुनावी परिणाम अनौठो देखिएको छ । मतगणना अनुसार नगरपालिकाको ४ वडाको नतिजा आउँदा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले १/१ वडा वडाध्यक्ष जितेका हुन् ।
वडा नम्बर १ मा नेकपा एमालेका रामप्रसाद अधिकारी ९७२ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका दलबहादूर लिम्बुले ७०५ मत प्राप्त गरे ।
वडा नम्बर २ मा काँग्रेसका रामबहादुर कँडेलले १३०९ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका भीमबहादुर सुब्बाले १०७० मत प्राप्त गरे ।
वडा नम्बर ३ मा राप्रपाका हेमबहादुर कार्की १०१४ मत ल्याएर बिजयी भए । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका शम्शेर तामाङले ९४५ मत प्राप्त गरे ।
वडा नम्बर ४ मा भने माओवादीका हंशधर राजवंशीले १२६६ मतसहित विजय हासिल गर्दा एमालेका पूर्णबहादुर लिम्बुले ९३५ मत प्राप्त गरेका छन् ।
नगरको प्रमुखमा भने अहिले नेपाली काँग्रेस अगाडि छ । काँग्रेसका तर्फबाट मेयरका उम्मेदवार गणेश पोखरेलले ५१०२ मत ल्याउँदा एमालेका असारु राजवंशीको ३८७५ मत मात्रै आएको छ ।
उपप्रमुखमा माओवादीका शिवकुमार राजभण्डारी ४५११ मतसहित अगाडि छन् । उनलाई राप्रपाका उम्मेदवार राधा कार्कीले ३९९२ मतसहित पच्छ्याइरहेकी छिन् ।
यहाँ काँग्रेस, माओवादी र समाजवादीबीच तालमेल भएको थियो ।



