images
images

अपेक्षाकृत नतिजा ल्याउन नसक्दा दुःख व्यक्त


  • 549
    SHARES
  • २०७९ जेठ २ गते सोमबार

    अपेक्षाकृत नतिजा ल्याउन नसक्दा दुःख व्यक्त

    काठमाडौं । विवेकशील साझा पार्टीले स्थानीय निर्वाचन, २०७९ को अपेक्षाकृत नतिजा ल्याउन नसकेकोमा अत्यन्तै दुःख व्यक्त गरेको छ । पार्र्टीका प्रवक्ता शरदराज पाठकले आज जारी गरेको प्रेस विज्ञप्तिमा स्थानीय तह निर्वाचनको नजिता आउने क्रम जारी रहे पनि आफ्नो पार्टीले अपेक्षाकृत नतिजा ल्याउन नसकेकोमा दुःख व्यक्त गरिएको छ ।

    गत पाँच वर्षमा स्थानीय, सङ्घीय, उप र पुनः स्थानीय चुनावमा प्रतिस्पर्धा गरिसकेको देशभरी पार्टीको परिचय स्थापना गर्न सफल भए पनि जनशक्ति र आर्थिक स्रोतको अभावमा देशव्यापी सङ्गठन बनाउन नसक्दा निर्वाचनमा सोचेअनुसार नतिजा आउन नसकेको जनाएको छ । 

    पार्टीले टुटफुटलगायत वैचारिक ध्रुव्रीकरण भएको र आशा गरिएको पार्टीभित्र उतारचढावलाई मतदाताले मन नपराएको प्रस्ट देखिएको जनाएको छ ।


    images
    images

    Logo