images
images

भरतपुर महानगरमा विजय सुवेदीलाई पछि पार्दै रेनु दाहालको अग्रता


  • 709
    SHARES
  • २०७९ जेठ २ गते सोमबार

    भरतपुर महानगरमा विजय सुवेदीलाई पछि पार्दै रेनु दाहालको अग्रता

    काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा फेरि नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिएकी छन् । नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई पछि पार्दै १० मतले रेनुले अग्रता लिएकी हुन् । 

    अहिलेसम्म भएको मतगणना  अनुसार  रेनुले ५ हजार ६६ मत पाएकी छन् भने विजय सुवेदीले ५ हजार ५६ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ३ सय ७९ मत ल्याएका छन् ।

    उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ६ हजार ८३ मत र राप्रपाका उम्मेदवार हिमला गुरुङले ४ हजार ६९ मत पाएकी छन् ।


    images
    images

    Logo