images
images

८ रुपैयाँ बढेर आयो पेट्रोलको मूल्य, निगम मासिक ९ अर्ब नाेक्सानमा


  • 432
    SHARES
  • २०७९ जेठ २ गते सोमबार

    ८ रुपैयाँ बढेर आयो पेट्रोलको मूल्य, निगम मासिक ९ अर्ब नाेक्सानमा

    काठमाडौं । पेट्रोलको मूल्य ८ रुपैयाँ बढेर आएको छ । भारतीय आयल कर्पोरेसनले आज पठाएको मूल्यसूची अनुसार पेट्रोल ८.५८ रुपैयाँले बढेको हो । योसँगै निगमको प्रतिलिटर पेट्रोलको लागत १९२.८४ रुपैयाँ पुगेको छ । 

    त्यस्तै, डिजेलको लागत ३.८९ रुपैयाँले बढेर १८८.३३ रुपैयाँ पुगेको छ । मट्टितेल र ग्यासको मूल्य स्थिर भए पनि हवाइ इन्धनको मूल्य आन्तरिक र बाह्यका लागि ७.१९ र ७.२२ रुपैयाँले बढेको छ । 

    मूल्य बढेसँगै निगमलाई प्रतिलिटर पेट्रोलमा २२.९४ रुपैयाँ, डिजेलमा ३५.३३ रुपैयाँ र ग्यासमा १०५०.१८ रुपैयाँ नोक्सान हुने देखिएको छ । मट्टितेलमा ८० पैसा नाफा हुँदा हवाइ इन्धनमा आन्तरिक र बाह्यतर्फ क्रमशः १.४२ रुपैयाँ र २४.८७ रुपैयाँ नाफाको अवस्था छ । 

    योसँगै १५ दिनमा निगमको प्रक्षेपित नोक्सान ४ अर्ब ४९ करोड पुगेको छ । निगमले आईओसीलाई अघिल्लोपटक तिर्नुपर्ने १२ अर्ब ८० तिर्न सकेको छैन । आगामी साता निगमले आईओसीलाई २३ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्ने अवस्था छ ।


    images
    images

    Logo