images
images

उपत्यकाको मेयरमा काँग्रेसको विजयी सुरुवात, अधिकांशमा काँग्रेस अगाडि 


  • 1.5K
    SHARES
  • २०७९ जेठ २ गते सोमबार

    उपत्यकाको मेयरमा काँग्रेसको विजयी सुरुवात, अधिकांशमा काँग्रेस अगाडि 

    काठमाडौं । नेपाली काँग्रेसले काठमाडौं उपत्यकाका नगरपालिकाको मेयरमा विजयी सुरुवात गरेको छ । काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका मोहन बस्नेत निर्वाचित भएका हुन् ।बस्नेतले नेकपा एमालेका उम्मेदवार श्रीराम आचार्यलाई २ हजार ९ मत अन्तरले पराजित गरेका हुन् ।

    बस्नेतले ७ हजार २०१ र आचार्यले ५ हजार १९२ मत पाएका निर्वाचन अधिकृत अमृता भण्डारीले जानकारी दिइन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार, कांग्रेसकै बसन्ती तामाङ उपमेयरमा निर्वाचित भएकी छन् । उनले एमालेकी इन्दिरा न्यौपानेलाई २ हजार ७९३ मत अन्तरले पराजित गरेकी हुन् ।


    images
    images

    Logo