images
images

एमालेको आरोपमा काँग्रेसले गर्यो काउन्टर


  • 493
    SHARES
  • २०७९ जेठ २ गते सोमबार

    एमालेको आरोपमा काँग्रेसले गर्यो काउन्टर

    काठमाडौं । नेकपा एमालेले लगाएको चुनावमा धाँधली भएको आरोपमाथि सत्तारुढ नेपाली काँग्रेसले प्रतिबाद गरेको छ । पार्टीका प्रवक्ता प्रकाशशरण महतले विज्ञप्ति जारी गर्दै चुनाव निष्पक्ष र धाँधली रहित रुपमा सम्पन्न भएको भन्दै एमालेको आरोपलाई गैर जिम्मेवारको पराकाष्ठ र जनमतको अपमान भनेका छन् । 

    आइतबार एमाले महासचिव शंकर पोखरेलले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनले ३ चरणमा धाँधली गरेको आरोप लगाएको थियो । 

    यस्तो छ नेपाली काँग्रेसले जारी गरेको विज्ञप्ति :

    मिति : २०७९ जेठ २ गते 
    प्रेस विज्ञप्ति
    यही बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) द्धारा नेपाल सरकार र सत्ता गठबन्धनप्रति लगाएको आरोपप्रति हाम्रो गम्भिर ध्यानाकृष्ट भएको छ ।

    निर्वाचनमा नेपाली कांग्रेस र गठबन्धनमा सहभागी अन्य दलहरुको पक्षमा आएको परिणाम  र देशभरका पालिकामा मत गणनाको प्रारम्भिक नतिजाको प्रवृत्ति (रुझान) ले नेकपा ९एमाले० अत्तालिएको हामीले पाएका छौ । प्रधानमन्त्री शेरबहादुर देउवाको परिपक्व, सुझबुझपूर्ण र दूरदर्शिताका कारण संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्थाको रक्षा र संविधानको संरक्षण तथा कार्यान्वयनका लागि साझेदार दलहरुका बीचमा स्थानीय तह निर्वाचनमा कतिपय ठाँउहरुमा तालमेल सम्भव भयो र अन्य ठाँउहरुमा मित्रवत प्रतिस्पर्धा भयो । राष्ट्रहित र लोकतन्त्रको संरक्षणको उद्देश्यले भएको यो तालमेललाई गठबन्धनमा संलग्न हुनुहुने सबै राजनीतिक दलहरु र सम्बन्धित दलका नेता तथा कार्यकर्ता, शुभेच्छुक र समर्थक मतदाताहरुले विश्वास गर्नुभयो । यही विश्वासको जगमा सत्तारुढ गठबन्धनको पक्षमा स्थानीय तहको निर्वाचनको नतिजा आइरहेको छ । यसलाई हामीले स्वभाविक मानेका छौं । 

    नेकपा (एमाले) का अध्यक्ष के।पी।शर्मा ओलीले बैशाख ३० गते निर्वाचन सम्पन्न भएपछि जारी गर्नुभएको विज्ञप्तिमा समेत निर्वाचन निष्पक्ष गर्न प्रमुख भूमिका खेल्ने निर्वाचन आयोग, आयोगद्धारा परिचालित राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र सम्बद्ध सबैलाई धन्यवाद दिनुभएको छ । 

    तर, निर्वाचनको परिणाम आफूले दावी गरेजस्तो नआएपछि निर्वाचनको सम्पूर्ण चाँजोपाँजो मिलाउने निर्वाचन आयोग, आयोगको माग र खटनपटन अनुसार काम गर्ने राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीले निर्वाह गरेको जिम्मेवारीलाई लिएर सरकारलाई योजनाबद्धरुपमा धाधली ग¥यो भन्नु गैरजिम्मेवारीपनको पराकाष्ठा हो । निर्वाचन कार्यतालिकामा उम्मेदवारी दर्ताको समय दुई दिन राख्ने निर्णय निर्वाचन आयोगको हो, त्यसमा सरकार वा गठबन्धन दलको कुनै भूमिका छैन । 
    निर्वाचनमा सहभागिता महत्वपूर्ण कुरा हो । विजय र पराजय सार्वभौमसत्ता सम्पन्न नेपाली नागरिकको स्वविवेकले गरेको मतदानमा निर्भर हुने नतिजा मात्र हो । लोकतन्त्रमा जनताको अभिमतलाई सबैले सहजरुप स्वीकार गर्नु पर्दछ । सार्वभौमसत्ता सम्पन्न नेपाली नागरिकको विवेकको सम्मान गर्न हामी आग्रह गर्दछौ । 

    सत्तारुढ गठबन्धनले निर्वाचन आचारसंहिताको मर्यादाभित्रै रहेर निर्वाचनमा प्रतिस्पर्धा गरेको हो । नेपाली कांग्रेसको सरकारले स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा निर्वाचन गर्न सहयोग पु¥याउन कहिकतै कमि गरेको छैन । यो स्मरण गराउन चाहान्छौं कि जबजब नेपाली कांग्रेसको नेतृत्वमा निर्वाचन सम्पन्न भएको छ तब मात्र स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्भव भएको छ । 
    अन्त्यमा, स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसप्रति देखिएको जनसमर्थनकालागि सम्पूर्ण मतदाता, नेपाली कांग्रेसका शुभचिन्तक, समर्थक सबैलाई हार्दिक धन्यवाद दिन चाहान्छौं । 

    जय नेपाल १
    डा. प्रकाशशरण महत
    प्रवक्ता


    images
    images

    Logo