images
images

दक्षिणकालीमा प्रमुख उपप्रमुखमा कांग्रेस विजयी


  • 376
    SHARES
  • २०७९ जेठ २ गते सोमबार

    दक्षिणकालीमा प्रमुख उपप्रमुखमा कांग्रेस विजयी

    काठमाडौं । दक्षिणकाली नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा जीत हासिल गरेर नेपाली कांग्रेसले राजधानीमा खाता खोलेको छ । दक्षिणकालीमा कांग्रेसका मोहन बस्नेत विजयी भएका छन् । बस्नेत विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि दक्षिणकालीको नगर प्रमुख पदमा विजयी भएका थिए । 

    उनले ७ हजार २सय १ मत प्राप्त गरेका नगर निर्वाचन अधिकृत अमृताकुमारी शर्माले राससलाई जानकारी दिइन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका श्रीराम आचार्यले ५ हजार १ सय ९२ मत पाए । 

    नगर उपप्रमुखमा पनि कांग्रेसकै वसन्ती डङ्गोल तामाङ विजयी भएकी छिन् । उनी पनि यसअघिको निर्वाचनमा उपप्रमुख पदमा विजयी भएकी थिइन् । उपप्रमुख तामाङले ७ हजार ६ सय २३ मत पाएको नगर निर्वाचन कार्यालयले जनाएको छ । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका इन्दिरा न्यौपानेले ४ हजार ८ सय ३० मत पाएकी छिन् ।

    नौ वटा वडा रहेको नगरपालिकाको छ वटा वडामा कांग्रेसले जीत हासिल गरेको छ । कांग्रेसले २, ४, ५, ६, ८ र ९ नं. वडाका वडा अध्यक्ष विजयी गराउन सफल भएको छ । वडा नं १, ३ र ७ मा भने एमालेका वडा अध्यक्ष विजयी भएका छन् । नगरपालिकामा १७ हजार ९ सय १६ मतदाता छन् । वैशाख ३० गतेको निर्वाचनमा १४ हजार ४ सय ८८ मत खसेको थियो । यो कुल मतदाताको ८०.८७ प्रतिशत भएको नगर निर्वाचन अधिकृत शर्माले जानकारी दिए । 


    images
    images

    Logo