भरतपुर महानगरपालिकामा नेकपा एमालेका विजय सुवेदीले मतान्तर बढोदै गएका छन् । अहिलेसम्मके मतगणना अनुसार सुवेदी रेनु दाहालभन्दा ५० मतले अगाडि लागेका छन् ।
११ हजार ३ सय २८ मतगणना हुँदा नेकपा एमालेका विजय सुवेदीले ३ हजार ९ सय ४४ मत पाएका छन् भने रेनु दाहालले ३ हजार ८ सय ९४ मत पाएकी छन् ।
प्रमुख पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ५ सय ७२ मत पाएका छन् ।
त्यस्तै, उपमेयरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ४ हजार ४ सय ७६ मत पाएका छन् भने राप्रपा उम्मेदवार हिमला गुरुङको ३ हजार ७० मत ल्याएकी छिन् ।