images
images

धनुषाको मतगणनामा विवाद, प्रहरीले गर्यो २५ राउन्ड हवाई फायर


  • 320
    SHARES
  • २०७९ जेठ २ गते सोमबार

    धनुषाको मतगणनामा विवाद, प्रहरीले गर्यो २५ राउन्ड हवाई फायर

    काठमाडौं । धनुषाको धनौजीमा मतगणनामा विवाद बढेर दुई पक्षबिच झडप सुरु भएको छ । मतगणनाका क्रममा मत पेटिकामा कुल खसेको भन्दा बढी मत भेटिएपछि विवाद सुरु भएको हो ।

    सो घटनालाई नियन्त्रणमा लिन प्रहरीले  २५ राउन्ड हवाई फायर गरेको छ ।साथै  प्रहरीले केही सेल अश्रु ग्यास पनि प्रहार गरेको थियो ।स्थिति नियन्त्रणमा नआएपछि  सेना परिचालन गरिएको छ । 

    ब्यालेट बक्समा खसेको मतभन्दा १५ मत धेरै भेटिएपछि विवाद भएको छ । धेरै मत भेटिएपछि एकीकृत समाजवादीका कार्यकर्ता र प्रहरीको बीचमा झडप भएको हाे । 


    images
    images

    Logo