images
images

धनुषाको सात  वडामा काँग्रेस विजयी


  • 584
    SHARES
  • २०७९ जेठ २ गते सोमबार

    धनुषाको सात  वडामा काँग्रेस विजयी

    काठमाडौं । धनुषाको बिभिन्न पालिकाका ११  वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ती मध्ये नेपाली काँग्रेसले सात ,नेकपा (एकीकृत समाजवादी) ले दुई तथा नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टीले एक÷एक स्थानमा विजयी भएका छन् । 
     
    काँग्रेसले जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १ र २ सहित मिथिला नगरपालिकाको वडा नम्बर १, धनुषाधाम नगरपालिका नम्बर १, मिथिला बिहारी नगरपालिकाको वडा नम्बर १, सबैला नगरपालिका वडा नम्बर १ र बटेश्वर गाउँपालिका–१ को वडाध्यक्षमा जित हासिल गरेको छ । 

    एकीकृत समाजवादीले जनकनन्दनी गाउँपालिका–१ र मिथिला नगरपालिका–१ को वडाध्यक्षमा विजयी हुँदा नेकपा माओवादी केन्द्रले कमला नगरपालिका–१ र तराई मधेश लोकतान्त्रिक पार्टीले जनकपुरधाम उपमहानगरपालिका–३ को वडाध्यक्ष जितेको छ ।

    जनकपुरधाम उपमहानगरपालिका–३ को वडाध्यक्षमा तमलोपाका दीपेन्द्रकुमार साह २ सय ७६ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । 

    यस्तै जनकपुरधाम उपमहानगरपालिका–२ को वडाध्यक्षमा नेपाली काँग्रेसका शिवकुमार साह ६ सय ११ मत प्राप्त गरी विजयी भएको छ । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका अशोक कुमार गुप्ताले २ सय ९५, एमालेका सन्तोषकुमार साहले १ सय ५७ मत प्राप्त गरेका छन् । 

    यसअघि जनकपुरधाम उपमहानगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका दीपनारायण यादव (दिपु) विजयी भएको थियो । यस्तै धनुषाको मिथिला नगरपालिका–२ मा एकीकृत समाजवादीका  बिहारी महतो १ हजार १ सय २९ मत प्राप्त गरी विजयी भएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी कांंग्रेसका उम्मेदवार मनोजकुमार सिंहले ९ सय ९३ मत ल्याएका छन् । 

    धनुषाको मिथिला नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका जोगी महतो ७ सय ६५ मतसहित निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मी महतो ६ सय ५८ मत प्राप्त गरे । धनुषाको मिथिला –२मा  एकीकृत समाजवादीका बिहारी महतो एक हजार १ सय २९ मतका साथ विजयी भएको निर्वाचन अधिकृत दीपक धितालले जानकारी दिए । 

    उनका निकटतम प्रतिद्वन्द्वी  काँग्रेसका मनोजकुमार सिंहले ९ सय ९३ मत प्राप्त गरे । धनुषाधाम १ को वडाध्यक्षमा काँग्रेसका विश्वनाथ यादव ६ सय ८ मतका साथ विजयी भएका छन् । धनुषाको मिथिला बिहारी –१ को वडाध्यक्षमा  कांग्रेसका रामसोभित दाहा विजयी भएका छन् ।

    धनुषाको बटेश्वर गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा पनि कांग्रेसका अशोककुमार महतो ५ सय ५२ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी  एकीकृत समाजवादीका रामअशिष महतोले ३ सय ९० मत प्राप्त गरेका निर्वाचन अधिकृत उद्धव ढोडारीले बताए । 

    धनुषाको कमला नगरपालिका–१ को वडाध्यक्षमा माओवादीका सर्वदेव यादव निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनको जारी मतगणना अनुसार यादवले ९ सय ९१ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका निर्वाचन अधिकृत धर्मअवतार कोइरालाले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका राजकुमार यादवले ५ सय ६५ मत प्राप्त गरेको जनाएको छ ।

    त्यस्तै धनुषाको सबैला नगरपालिका–१ को वडाध्यक्षमा काँग्रेसका मिथिलेश साह निर्वाचित भएका छन् । धनुषाको जनकनन्दनी गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा एकीकृत समाजवादीका सन्तोष गोइत निर्वाचित भएका छन् । 

    उनले ४ सय १२ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी  कांग्रेसका देवनाथ मैरता यादवले ३ सय २४ मत ल्याएको निर्वाचन अधिकृत ठूलोबाबु दाहालले जानकारी दिए ।

     स्वतन्त्र उम्मेदवारको अग्रता 

    जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले अग्रता लिइरहेका छन् । 

    उनले २ हजार ६ सय ३६ मतका साथ अग्रता कायम राखेको छ भने एमालेका उम्मेदवार शिवशङ्कर साह ले १ हजार ४९ मतका साथ उनलाई पच्छ्याइरहेका छन् । 

    यस्तै अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले ६ सय ६२ मत, लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले ४ सय ३ तथा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार जसपाका लालकिशोर साहले ३ सय ४२ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

    कूल २५  वडा रहेको उपमहानगरपालिको वडा नम्बर १, २ र ३ को अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ भने वडा नम्बर ४ को गणना जारी रहेको मुख्य निर्वाचन उनले बताए । 


    images
    images

    Logo