images
images

भरतपुरमा एमालेका सुवेदीको अग्रता कायमै


  • 688
    SHARES
  • २०७९ जेठ २ गते सोमबार

    भरतपुरमा एमालेका सुवेदीको अग्रता कायमै

    काठमाडौं । भरतपुर महानगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले ३ हजार ३ सय ४२ मत प्राप्त गरेका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले ३ हजार ३ सय २७ मत प्राप्त गरेकी छिन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १ हजार २सय ४ मत प्राप्त गरेका छन् ।
     
    उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३ हजार ७ सय १६ मत पाएका छन् । उनको प्रतिस्पर्धी  एमालेसहितको गठबन्धनकी हिमला गुरुङले २ हजार ६ सय ६५ मत पाएका छन् ।

    यस्तै हाल गणना भइरहेको वडा नम्बर ३ मा एमालेका विकास थापाले ६ सय ७७ र भरत लामिछानेले ४ सय २९ मत पाएका छन् । वडाको गणना जारी रहेको छ । यस वडामा ३ हजार २ सय ४४ मत खसेको थियो । यसअघि वडा नम्बर १ र २ को वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसले विजय हासिल गरेको छ ।
     
    भरतपुर महानगरपालिकामा १ लाख २७ हजार ८ सय ३९ मत खसेको छ । यस्तै जिल्लाको माडीबाहेकका पाँच पालिकामा पाँच दलीय गठवन्धनको अग्रता छ ।


    images
    images

    Logo