भक्तपुर । एमाले अध्यक्ष केपी ओलीको घर रहेको वडामा काँग्रेसका सबै उमेदवार बिजयी भएका छन् । सूर्यविनायक नगरपालिका २ बालकोटबाट नेपाली काँग्रेसका प्रदीप कार्कीको प्यानल नै विजयी भएको हो । कार्कीले १ हजार ५११ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
उनको निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका तर्फबाट विश्वराज विष्टले १ हजार ३०५ मत प्राप्त गरे। यो वडामा अघिल्लो निर्वाचनमा पनि नेपाली काँग्रेसले विजयी हासिल गरेको थियो । यो वडामा शुरूवाती अग्रता भने एमालेले लिएको थियो ।